काठमाडाैं । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका-६ स्थित तिलगाउँ लेदोसहितको पहिरोको उच्च जोखिममा परेको छ ।
हिमताल फुटेर आएको पहिरोले बस्ती जोखिममा पारेको छ भने खानेपानीको संरचना, बाटो र पुलमा पनि ठूलो क्षति पुगेको छ । स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहे पनि सरकारको उपस्थिति नदेखिएको घटनाले गम्भीर परिस्थिति सिर्जना गरेको छ।
यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेको भन्दै यससम्बन्धी बहसलाई राजधानीमा मात्रै सीमित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।





























प्रतिक्रिया