सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा भारतीय नेता सीताराम यचुरीले स्वागत गरेका छन् । "/>

नेकपाको चियापानमा भारतीय नेताको स्वागत, प्रधानमन्त्री अनुपस्थित

नेकपाको चियापानमा भारतीय नेताको स्वागत, प्रधानमन्त्री अनुपस्थित

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा भारतीय नेता सीताराम यचुरीले स्वागत गरेका छन् । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का नेता सीताराम यचुरीले आगन्तुकको स्वागत गरेका हुन्। 

राजधानीको भृकुटीमण्डपमा जारी कार्यक्रममा नेता, कार्यकर्ता र बिभिन्न क्षेत्रका व्यक्तिहरु उपस्थित  छन् । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन्। रुघाखोकीले स्वास्थ्यमा समस्या देखिएकाले उनी नआएको उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए। 

कार्यक्रममा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि उपस्थितहरुमा भने कुराकानीको बिषय बन्न पुगेको छ । कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पनि उपस्थित छन् । नया शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले भने कार्यक्रम बहिस्कार गरेका छन्।

Skip This
Skip This
Logo