काभ्रेको मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा जिप दुर्घटना भएको छ। बा ३ च २८७ नं को जिप पल्टिदा २ जनाको मृत्यु भएको छ।
दुर्घटनामा मण्डन देउपुर ४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेको वडा नं ५ का वडाध्यक्ष नेत्र प्रसाद ढकालले जानकारी दिए । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । मृतक पराजुली पत्रकार हुन्।
घाइते ४ जनालाइ एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको छ । जिपमा सवार यात्रुहरु मण्डन देउपुरकै एउटा ढुङ्गा खानी निरिक्षण गर्न गएको बुझिएको छ ।
थप विवरण आउन बाँकी छ ।





























प्रतिक्रिया