काठमाडौँको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मुलगेट नजिकै ढलमा खसेर आज बिहान एकजनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका– १५ चागलका श्याम श्रेष्ठ रहेका छन् ।
आज बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब निरीक्षक बलराम झाले जानकारी दिए।
“उक्त स्थानमा महीनौँदेखि ढलको छोप्ने भाग खुला रहँदै आएको थियो । बिहानै अँध्यारोमा साइकल लिएर हिँड्दा श्रेष्ठ खाल्डोमा खसेको हुनुपर्छ”, उनले भने ।





























प्रतिक्रिया