श्रीलंकामा संकटः राष्ट्रपतिद्वारा संसद बिघटन

श्रीलंकामा संकटः राष्ट्रपतिद्वारा संसद बिघटन

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले शनिबार संसद बिघटन गरेका छन् । राष्ट्रपति सिरिसेनाले शुक्रबार प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई हटाएर महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । राजापाक्ष पुर्वराष्ट्रपति समेत हुन् ।

विक्रमासिंगेले आफू प्रधानमन्त्री रहेको भन्दै सभामुखलाई आइतबार सांसदका आपत्कालीन बैठक राख्न आग्रह गरेका थिए । त्यसपछि राष्ट्रपतिले संसद नै बिघटन गरेका हुन्।

सिरिसेनाले संसद निलम्बन गरेको मन्त्रिपरिषदका प्रवक्ता रजिथा सेनारात्नेले सञ्चारकर्मीहरुलाई जानकारी गएको समाचार एएफपीले जनाएको छ। ससदमा विक्रमासिंगेको  बहुमत थियो ।

सरकार संचालन बारे केही समय  अघिदेखि नै प्रधानमन्त्री विक्रमासिंगे र राष्ट्रपति सिरिसेना बिबाद  हुँदै आएको थियो ।

Logo