यस्तो देखियो हिमालको काखमा आइसीसी वर्ल्ड कप ट्रफी

यस्तो देखियो हिमालको काखमा आइसीसी वर्ल्ड कप ट्रफी

केन्द्रबिन्दु
0
Shares

शुक्रबार नेपाल ल्याइएको आइसीसी वान डे वर्ल्ड कप ट्रफी शनिवार पोखरा रंगशालामा प्रदर्शन गरिएको छ। पोखरामा नेपाली क्रिकेटर सन्दीप लामिछानेले आइसीसी वर्ल्ड कप ट्रफीलाई प्रदर्शन गर्ने अवसर पाए ।

 आइसीसी ट्रफी टुर अन्तर्गत शुक्रवार नेपाल ल्याई विश्व सम्पदासूचीमा रहेको स्वयम्भूनाथमा सार्वजनिक गरिएको थियो।चार दिन नेपालमा रहने उक्त ट्रफी सोमवार काठमाडौँको चन्द्रागिरी लगिनेछ।

सन् २०१९ मा इंग्ल्याण्ड र वेल्समा हुने वान डे वर्ल्ड कप अघि एक सय दिने विश्व भ्रमणमा रहेको ट्रफी टुर युएईको दुबईबाट शुरु भएको थियो। त्यसपछि ट्रफी ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश हुँदै नेपाल आइपुगेको हो।

अब ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ। विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।

Skip This
Skip This
Logo