श्रीलंकामा उथलपुथल, प्रमुख बिपक्षीलाई प्रधानमन्त्री पद

श्रीलंकामा उथलपुथल, प्रमुख बिपक्षीलाई प्रधानमन्त्री पद

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा राजनीतिक संक्रमण चुलिएको छ  । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि संवैधानिक संकट सिर्जना भएको हो ।

केही समय यता श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा बिबाद हुँदै आएको थियो ।

निबर्तमान प्रधानमन्त्री पदमा रानिल विक्रमासिंघे छन् । विक्रमसिंघेले संसदमा आफ्नो बहुमत रहेको र बहुमत रहुन्जेल आफू नै प्रधानमन्त्री रहिरहने दाबी गरेका छन् ।श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट बाहिरिएको छ ।

शुक्रबार श्रीलङ्काका वरिष्ठ मन्त्री महिन्दा अमरावीराले भने, राष्ट्रपतिको दल यूनाइटेड पिपुल्स फ्रिडम अलायन्स (यूपीएफए)ले गठबन्धन छोड्ने निर्णय भएको छ । यससँगै वर्तमान् सरकारको भविष्यमाथि पनि गम्भीर शङ्का उब्जिएको छ ।“

यद्यपि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री रनिल विक्रमासिङ्घे र उनको कार्यालयले सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट हटेपछि तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन् । 

Logo