काठमाडौँ

दसैं, तिहार, जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमी जस्ता सनातन देखि चलि आएका मौलिक धर्म संस्कृति र चाडबाडका बिदा काटिएकोमा पण्डितहरुले आपत्ति जनाएका छन् । "/>

बिदा कटौती अविलम्ब फिर्ता लिन पण्डितहरुको माग

बिदा कटौती अविलम्ब फिर्ता लिन पण्डितहरुको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

दसैं, तिहार, जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमी जस्ता सनातन देखि चलि आएका मौलिक धर्म संस्कृति र चाडबाडका बिदा काटिएकोमा पण्डितहरुले आपत्ति जनाएका छन् ।

राष्ट्रिय धर्मसभा नेपालले शुक्रबार आयोजना गरेको पाँचौँ पण्डित सम्मेलनका सहभागीले चाडबाडका बिदा कटौती अविलम्ब फिर्ता लिन माग गरेका हुन् । पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले यस वर्ष कात्तिक ४ गते देखि नै कार्यालय खोले पनि अझै कर्मचारी आई नसकेको बताए ।

कोजाग्रत पूर्णिमाका दिन सम्म त कार्यालय खोल्ने कर्मचारी मात्र रहेको उल्लेख गर्दै उनले त्यस अवधिमा सेवाग्राही पनि नगएकाले अविलम्ब बिदा कटौती फिर्ता लिन माग गरे । भाषा, धर्म र संस्कृति माथि नियोजित तवरले आक्रमण गर्ने क्रममा कसैको इसारामा बिदा कटौती गरिएको सहभागीको जोड थियो ।

कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम, समितिका पूर्वअध्यक्ष तथा धर्मसभाका अध्यक्ष डा माधव भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी, हिन्दू जन जागृति संस्थान भारत गोवाका अध्यक्ष डा चारुदत्त पिँगले, किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मा, लामा धर्मगुरु खिलबहादुर थिङ लामा, पर्व सुधार अभियानकर्मी हरिनारायण मल्ल लगायतले नेपालका मौलिक धर्म संस्कृति संरक्षणका लागि सबैका सामूहिक आवाज आवश्यक रहेकामा जोड दिए ।
रासस

Skip This
Skip This
Logo