ग्रीसमा शुक्रबार बिहान सबेरै ६.६ रिक्टर स्केलको भूकम्प गएको छ । ग्रीसको पट्रा शहरबाट १३० किलोमिटर दक्षिणपश्चिममा रहेको स्थान यस भूकम्पबाट प्रभावित भएको छ ।
युरोपेली भूमध्यसागरीय भूगर्भ केन्द्रका अनुसार स्थानीय समयानुसार शुक्रबार बिहान २ बजे यो भूकम्प गएको थियो ।
यस भूकम्पको केन्द्रविन्दु प्रभावित क्षेत्रको आसपासमा १० किलोमिटर गहिराईमा रहेको बताइएको छ । हालसम्म यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको कुनै समाचार प्राप्त भएको छैन । विस्तृत विवरणको प्रतिक्षारत रहेको समाचारमा जनाइएको छ ।
त्यस्तै उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो ।
यस भूकम्पको केन्द्रविन्दु साप्पोरो शहरबाट ३७० किलोमटिर उत्तर–पूर्वी भूभागमा रहेको बताइएको छ । उक्त भूकम्पको केन्द्रविन्दु ३० किलोमिटर गहिराइमा रहेको थियो । यस भूकम्पपछि सुुनामीको सूचना भने दिइएको छैन । जापानमा गत सेप्टेम्बर ६ मा होक्काइदो द्वीपमा गएको ६.७ रिक्टर स्केलको भूकम्पबाट ४१ जनाको मृत्यु हुनुका साथै ६५० भन्दा बढी व्यक्ति घाइते भएका थिए ।
जापानमा सन् २०११ मा गएको ९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी व्यापक जनधनको क्षति भएको थियो । जापानको इतिहासमा सबैभन्दा शक्तिशाली मानिएको त्यस भूकम्पबाट १५ हजारभन्दा बढीको मृत्यु हुनुका साथै अन्य हजारौँ व्यक्ति घाइते वा बेपत्ता भएका थिए । एजेन्सी































प्रतिक्रिया