लखनउले गुजरातलाई हरायो

लखनउले गुजरातलाई हरायो

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । लखनउ सुपर जायन्ट्सले गुजरात टाइटानलाई पराजित गर्दै सिजनको छैठौं जित दर्ता गरेको छ ।

बिहीबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा दुई विकेट गुमाउँदै २३५ रन बनाएको थियो। जवाफमा गुजरातले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २०२ रन मात्र बनाउन सक्यो। घरेलु मैदानमा लगातार चार जितपछि गुजरातको यो पहिलो हार हो।

गुजरातका लागि साहरुख खानले २९ बलमा ५७ रन जोडे । शेफने रूदरफोर्ड ३८ रन बनाउँदा ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा जोश बटलर ३३ रनमा समेटिँदा लक्ष्य पछ्याउन सकेन ।

बलिङमा विल ओले ३ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनायो। मिचेल मार्सले ११७ रनको शतकीय इनिङ खेले । ६४ बलमा १० चौका ८ छक्का प्रहार गरे । यस्तै, निकोलस पुरनले २७ बल खेल्दै अविजित ५६ रन जोडे। कप्तान ऋशब पन्त अविजित १६ रनना क्रिजमा रहे।

पराजयका बाबजुद गुजरात १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ। लखनउ भने यस अघि नै आईपीएलबाट बाहिरिएको छ। लखनउ १२ अङ्क सहित छैटौँ स्थानमा छ। गुजरातले अन्तिम खेल चेन्नाई सुपर किङसँग खेल्ने छ। दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर बंगलोरु र तेस्रो स्थानको पन्जाब किङ्सको १७ अङ्क छ।

Logo