विराटनगर । उद्योग सङ्गठन मोरङले विराटनगरमा पहिलो पटक सीप उत्सव २०८२ आयाेजना गर्ने भएको छ ।
उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक मानव संसाधन र हाल बजारमा उपलब्ध जनशक्तिमा बीचको मिसम्याच, रोजगारदाता र रोजगारीको खोजीमा रहेको मानव संसाधन बिच आपसी सामञ्जस्यको अभावलगायत सीप विकाससँग सम्बन्धित विविध आयामहरूको बारेमा उजागर गर्ने अभिप्रायले सीप उत्सव आयोजना गर्न लागिएको हाे ।
उद्योग सङ्गठन मोरङको आयोजना, इनस्योर हेल्भेटासको प्राविधिक सहयोग र सामाजिक विकास मन्त्रालयको समन्वय, निजी क्षेत्रको नेतृत्वमा सीप, दक्षता प्रदर्शन तथा वृत्ति परामर्श करियर काउन्सेलिग र अनुभव साटासाट गर्ने अभिप्रायका सीप उत्सव आयोजना गरिएको सङ्गठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । पत्रकार सम्मेलनमा सीप उत्सव जेठ १० र ११ गते भनिएको छ।
सहभागी हुनेहरूमा सूचना प्रविधिमा १० जना, अटोमोवाईलमा ४ जना र होटल व्यवस्थापनमा ४ जना गरी जम्मा १८ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनौट गरिएको छ, सुरानाले भने, हरेक शिक्षालयबाट प्रथम र द्वितीय स्थान हासिल गर्ने विजेताहरूलाई “कोसी प्रदेश स्किल आइकन उपाधि प्रदान गरिनेछ।
सीप उत्सवमा पूर्व वाल विकास सहजकर्ता, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा प्रत्यक्ष तालिमका साथै एक हजारभन्दा बढी विद्यार्थी युवाहरूको करियर काउन्सेलिङ सत्रहरू आयोजना गरिने आयोजकको दाबी छ।
उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन, इलेक्ट्रिकल इन्जिनियरिङ र अटो मोबाइल इन्जिनियरिङतर्फका विद्यार्थीहरू, उद्योग प्रतिष्ठानका प्रतिनिधिहरू, प्राविधिक शिक्षालयहरू, सूचना प्रविधि, हस्पिटेलिटी, अटोमोवाईलका क्षेत्रहरू सहभागी हुने बताइएकाे छ ।





























प्रतिक्रिया