काठमाडौँ
सरकारले काठमाडौंमा रहेका चार वटा मिनरल वाटर उद्योगमा शिलबन्दी गरेको छ । बिहिबार अनुगमनको क्रममा मापदण्ड विपरित प्रशोधित पिउने पानी उत्पादन गरिएको पाइएपछि कम्पनीमा शिलबन्दी गरेको हो ।
शिलबन्दी भएको पानी कम्पनीमा स्नो ब्रेभरेज प्रालि, कञ्चनजंगा मिनरल वाटर उद्योग, अक्वा मिनरल वाटर उद्योग र सिटी मिनरल वाटर प्रालि रहेका छन् । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका विपरित संचालनमा आएको कम्पनीमा पानी उत्पादनमा रोक लगाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए ।
अनुगमनका क्रममा कतिपय मिनरल वाटर उद्योग दर्ता नभएको समेत भेटिएको छ । विधिसम्मत ढंगले संचालनमा नरहेका उद्योगलाई अनुगमन टोलीले तत्काल प्रक्रिया पूरा गर्न सचेत गराएको छ । सचिव जिसीले उद्योगमा दर्ता समेत नगरेका मिनरल वाटर उद्योगहरुलाई प्रक्रिया पूरा गरेर मात्रै पानी उत्पादन गर्न सचेत गराइएको स्पष्ट पारे ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया