एजेन्सी । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पत्रकार जमाल खसोग्गीको हत्याबारे पहिलो पटक मुख खोलेका छन् । युवराज सलमानले टर्कीमा हत्या गरिएका पत्रकार खसोग्गीले न्याय पाउने प्रतिक्रिया दिएका छन् । "/>

पत्रकार खसोग्गीको हत्याबारे साउदीका युवराजले पहिलो पटक यस्तो भने

पत्रकार खसोग्गीको हत्याबारे साउदीका युवराजले पहिलो पटक यस्तो भने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पत्रकार जमाल खसोग्गीको हत्याबारे पहिलो पटक मुख खोलेका छन् । युवराज सलमानले टर्कीमा हत्या गरिएका पत्रकार खसोग्गीले न्याय पाउने प्रतिक्रिया दिएका छन् । उनले हत्या घटनामा जिम्मेवार सबै ‘अपराधी’ लाई सजायँ दिइने बताए ।

राजधानी रियादमा एक बिजनेस फोरममा बोल्दै मोहम्मद बिन सलमानले भने, ‘साउदीका सबै जनताका लागि यो अपराध दुःखदायी हो ।’ उक्त हत्या जघन्य अपराध भएको दाबी गर्दै उनले भने, ‘यो हत्या एक जघन्य अपराध हो जसलाई उचित ठहराउन सकिँदैन । उनको हत्याका जो संलग्न छन्, उनीहरुलाई जिम्मेवार ठहराइनेछ र अन्त्यमा न्यायको नै जीत हुनेछ ।’

उनले टर्कीको आरोपबीच साउदी र टर्कीको राम्रो सम्बन्ध भएको बताए । उनले भने, ‘धेरैले यो पीडादायी स्थितिको लाभ उठाएर साउदी अरब र टर्कीबीच मनमुटाव पैदा गर्ने कोसिस गरिरहेका छन् र म ती व्यक्तिहरुलाई यो भन्न चाहन्छु कि तपाईंहरुले यस्तो कहिले पनि गर्न सक्नुहुन्न । मनमुटाव कहिले पनि पैदा हुने छैन ।’

अक्टोबर २ तारिखमा खसोग्गी इस्तानबुलको साउदी दूतावास गएका बेला उनको हत्या गरिएको थियो । साउदी सरकारले सुरुमा दूतावासभित्रको उनको हत्या अस्विकार गरेको थियो तर पछि खसोग्गीको सोधपुछको क्रममा मृत्यु भएको बताएको थियो ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले पत्रकार एवं साउदी सरकारका आलोचक खसोग्गीको साउदी गुप्चतर र अन्य अधिकारीले मिलेर योजनाबद्ध ‘राजनीतिक हत्या’ गरेको बताएका छन् ।

 

Logo