काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडका अनुभवी खेलाडी लुकास भास्केजले पनि क्लब छाड्ने घोषणा गरेका छन् । उनले यस वर्षको अन्त्यमा फिफा क्लब विश्वकप सकिएपछि रियलमा आफ्नो लामो करियर समाप्त गर्ने भएका हुन् ।
फुल-ब्याकको भूमिका निर्वाह गर्ने ३३ वर्षीय भास्केज सेप्टेम्बर २०१५ मा डेब्यु गरेदेखि, रियल म्याड्रिडको सबैभन्दा सफल युगको अभिन्न अंग बनेका छन्। उनले खेलेका ४०० खेलमा २७० जित दिलाएका छन् र ३८ गोल गरेका छन्। उनको करियर २३ वटा उपाधिसहित शानदार रहेको छ।
उनको सबैभन्दा व्यस्त सिजन २०१७-१८ मा थियो, जहाँ उनले ५३ खेल खेलेका थिए। आफ्नो लामो करियरमा उनले सबैभन्दा धेरै २१ पटक एट्लेटिको म्याड्रिडको सामना गरेका छन्।
भास्केज अब साउदी क्लबमा जाने चर्चा छ ।































प्रतिक्रिया