जुम्ला

सिंजा गाउँपालिकाको नराकोटमा आज जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । "/>

जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु

जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जुम्ला

सिंजा गाउँपालिकाको नराकोटमा आज जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नं.को जीप दुर्घटना हुँदा तिला गाउँपालिका–३ का लाले सार्की सहित उहाँकी श्रीमती जानकी र आठ महीनाकी छोरी मैनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जीप सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

यसैबीच रारादेखि पर्यटक बोकेको ग १ य १०९७ को जीप कनकसुन्दरी गाउँपालिका–६ गोरुचौर नजीकै सडकबाट खस्दा सात यात्रु सामान्य घाइते भएकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
रासस

Skip This
Skip This
Logo