काठमाडाैं । एनआईसी एशिया बैंक कर्मचारी संघले आफ्नो १६औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि समर्पित भएर सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान गरेको छ।
संघले विभिन्न प्रदेशहरूमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै १० वर्ष वा सोभन्दा बढी समयदेखि कार्यरत कर्मचारीहरूको योगदानप्रति कृतज्ञता प्रकट गरेको हो।
संघका पदाधिकारीहरूका अनुसार कर्मचारीहरूको निरन्तर सेवा, प्रतिबद्धता र निष्ठाले बैंकको समग्र प्रगति र संस्थागत सफलतामा उल्लेखनीय भूमिका खेलेका छन्। यही योगदानको उच्च मूल्यांकनस्वरूप कार्यक्रममार्फत प्रदेशगत रूपमा उनीहरूलाई सम्मान गरिनु विशेष अर्थपूर्ण रहेको उल्लेख गरिएको छ।
हालसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सम्मान कार्यक्रमहरू सम्पन्न भइसकेका छन्। बाँकी रहेका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा पनि चाँडै यस्तै कार्यक्रमहरू आयोजना गरिने संघले जानकारी दिएको छ।
कर्मचारी संघले यस्ता प्रेरणादायी कार्यक्रमले कर्मचारीहरूको मनोबलमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। साथै, भविष्यमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै कर्मचारी–संस्था सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।





























प्रतिक्रिया