काठमाडौं । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सुखद अन्त्य गरेको छ । हैदराबादले गएराति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध ११० रनको फराकिलो जित निकालेको हो ।
हैदराबादले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कोलकाताले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । कोलकाताका मनिष पाण्डेले सर्वाधिक ३७ रन जोडे । साथै हर्षित रानोले ३४ र सुनील नारिनले १६ बलमा तीन चौका र तीन छक्कासहित ३१ रन थपे ।
हैदराबादका लागि इसान मालिंगा, हर्ष दुवे र जयदेव उनदकटले समान तीन विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा मात्र तीन विकेट गुमाएर २७८ रन बनाएको थियो । हैदराबादका हेनरिक क्लासेनले १०५ रनको सानदार शतकीय इनिङ खेले । उनले ३९ बलमा सात चौका र नौ छक्का प्रहार गरे ।
यस्तै, ट्राभिस हेडले ४० बलमा समान ६ चौका र छक्कासहित ७६ रन प्रहार गरे ।
कोलकाताका सुनील नारिनले दुई विकेट लिए ।
यो प्रतियोगिताको इतिहासमा कोलकाताको सबैभन्दा ठुलो हार हो। यद्यपी दुवै टोली प्लेअफ दौडबाट बाहिरिसकेका सकेका छन् । १३ अंक जोडेको हैदराबाद तालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने १२ अंकसहित कोलकाता आठौँ स्थानमा छ ।





























प्रतिक्रिया