एथ्लेटिक क्लबलाई हराउँदै च्याम्पियन बार्सिलोनाद्वारा सिजनको अन्त्य

एथ्लेटिक क्लबलाई हराउँदै च्याम्पियन बार्सिलोनाद्वारा सिजनको अन्त्य

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । च्याम्पियन बार्सिलोनाले ला लिगामामा एथ्लेटिक क्लबमाथि सानदार जित दर्ता गर्दै सिजनको अन्त्य गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई उसकै मैदानमा ३-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मुख्य भूमिका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले निभाए। उनले खेलको १४औं र १७औं मिनेटमा दुई गोल गर्दै खेलको सुरुवातमै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

तेस्रो गोल निर्धारित समयको अन्तिमतिर पेनाल्टीमार्फत ड्यानी ओल्मोले गरे, जसले क्याटलान क्लबको लागि फराकिलो जित सुनिश्चित गर्‍यो।

Skip This
Skip This
Logo