काठमाडौं । शैक्षिक परामर्शदाता सक्सेस एब्रोड स्टडीले जापानमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीलाई लक्षित गरी आयोजना गरेकाे ‘एड्मिसन डे’ सम्पन्न भएको छ ।
सोमबार सक्सेस एब्रोड स्टडीको केन्द्रिय कार्यालय बागबजारमा आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा ५ सयको हाराहारीमा विद्यार्थीको सहभागीता रहेको सक्सेस एब्रोड स्टडीका प्रबन्ध निर्देशक भवनाथ हुमागाईंले जानकारी दिए ।
एड्मिसन डेमा सहभागी भएकामध्ये सय जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको प्रावधान पनि राखिएको थियो । यसअघि सक्सेसबाट भाषा अध्ययन गरेर जापान गएका विद्यार्थीहरुको भविष्य राम्रो भएको पनि हुमागाईंले जिकीर गरे ।
उनले भने, ‘जो विद्यार्थी सक्सेस एब्रोड स्टडीबाट भाषा अध्ययन गरेर जापानमा उच्च शिक्षा हासिल गर्नका लागि गएका छन् । पढाई र जीवनयापनलाई सजिलैसँग अगाडि बढाइरहेका छन् ।’

त्यस्तै, वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई संस्थाको स्थापनादेखि संस्थाले कसरी सेवा प्रदान गरिरहेको छ, कार्यालयको अवस्था, कसरी पढाई हुन्छ, काउन्सीलरहरु योग्य छन् कि छैनन् । उक्त विषयलाई बुझेर मात्र सत्य तथ्य सुचनाका लागि कन्सल्टेन्सीलाई रोज्न पनि सुझाव दिए ।
त्यसैगरी ‘एड्मिसन डे’ मा सहभागि विद्यार्थीलाई जापानबाट आएका दक्ष काउन्सिलरद्धारा शैक्षिक परामर्श दिइएको थियो ।
त्यतिमात्र होइन, दक्ष तथा अनुभवी परामर्श दाताका रुपमा रहेको सक्सेस एब्रोड स्टडीका प्रवन्ध निर्देशक हुमागाईंबाट प्रभावकारी र गुणस्तरीय परामर्श लिने मौका विद्यार्थीहरुले पाएका थिए ।
विशेषगरी कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले २०२६ को अप्रिलमा इन्टेकका लागि अप्लाई गर्न योग्य भएकाले प्लस टुको नतीजा आउँदासम्म आफ्नो भाषामा निखारता ल्याउनका लागि एड्मिसन डे एक महत्वपूर्ण कार्यक्रम भएको आयोजक पक्षले जनाएको छ ।

त्यसैगरी जापान गएर उच्च शिक्षा हासिल गर्ने उदेश्य पूरा गर्नका लागि सक्सेस एब्रोड स्टडी भिजिट गर्न पनि आयोजक पक्षले विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
विगत ११ वर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको सक्सेसले विश्वव्यापी रुपमा सेवा प्रदान गर्नका लागि निर्माण गरेको उच्च स्तरको बेवसाइटको लन्च पनि गरिएको छ । सो वेबसाइटमार्फत विद्यार्थीहरुले इन्टरनेटको सुविधा राम्रो नभएको स्थानबाट पनि सक्सेससँग जोडिएर शैक्षिक परामर्श लिन सक्नेछन् । यसरी उक्त वेवसाइतमा जोडिएर विद्यार्थीहरुले छिटो, छरिटो रुपमा सूचना प्राप्त गर्न सक्नेछन् ।
विद्यार्थीले वेबसाइट लग इन गरेर जिज्ञासा राखेको ३० सेकेन्डभित्र सक्सेस एब्रोड स्टडीबाट सम्पर्क गरिनेछ र सम्पूर्ण जानकारी सजिलै उपलब्ध गराइने निर्देशक हुमागाईंले जानकारी दिए ।





























प्रतिक्रिया