बहुप्रतिक्षित टीभीएस स्ट्राइकर १२५ को नयाँ संस्करण सार्वजनिक

बहुप्रतिक्षित टीभीएस स्ट्राइकर १२५ को नयाँ संस्करण सार्वजनिक

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’को अवसरमा बहुप्रतिक्षित टीभीएस स्ट्राइकर १२५ को नयाँ संस्करण सार्वजनिक गरिएकाे छ ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले यो नयाँ मोडल सार्वजनिक गरेकाे हो।

नयाँ स्ट्राइकर १२५ मा उपभोक्ताको सुविधा र सुरक्षालाई ध्यानमा राखी थुप्रै महत्त्वपूर्ण विशेषताहरू समावेश गरिएका छन्। यसमा सुविधाजनक लक की, युएसबी चार्जिङ पोर्ट, नयाँ रेसिङ लाइनिङ, ड्युल स्प्रिङ सस्पेन्सन, डिजिटल स्पिडोमिटर, रोपेटल डिस्क ब्रेक, एलईडी टेललाइट र आकर्षक ट्याङ्क डिजाइन जस्ता सुविधाहरू रहेका छन् ।

१२५ सिसी क्षमताको इन्जिन जडित यस नयाँ संस्करणको मूल्य नेपाली बजारमा रु. २ लाख ४७ हजार ९०० निर्धारण गरिएको छ। कम्पनीले उत्कृष्ट पावर तथा पर्फमेन्स, उच्चतम माइलेज र प्रतिस्पर्धात्मक मूल्यका कारण नयाँ स्ट्राइकर १२५ ले नेपाली बजारमा छिट्टै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।

जगदम्बा मोटर्सले जेठ ७ गतेदेखि भृकुटीमण्डपमा बृहत् एक्सचेन्ज मेला आयोजना गरिरहेको छ ।

Logo