यामाहा नेपालकाे ‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ सम्पन्न, सुकदेव बने विजेता

यामाहा नेपालकाे ‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ सम्पन्न, सुकदेव बने विजेता

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । यामाहा नेपालले देशभरका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न गरेको छ।

क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए, जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरेकाे हाे ।

यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न भएको साे राष्ट्रिय स्तरको प्रतियोगिता सहभागीहरूलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक पर्ने विस्तृत दायराका सीपहरूको परीक्षण गर्न डिजाइन गरिएको थियो।

प्रतियोगितामा सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्याको पहिचान गर्ने च्यालेन्जहरू, लिखित परीक्षा र भाइवा लगायतका चरणहरू पार गरेका थिए जसले उनीहरूको गहिरो ज्ञान, प्रविधिक दक्षता र सटीकताको लागि समर्पणलाई देखाउने प्लेटफर्म प्रदान गरेकाे कम्पनीले जनाएकाे छ ।

दिनभरको कडा प्रतिस्पर्धापछि यामाहाले घोषणा गरेका नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ का विजेता बी एन्ड बी अटो ट्रेडर्स, बिराटचोकका सुकदेव कुमार माझी बने । त्यसैगरी प्रथम उपविजेता तिरुपति अटो प्यालेस, विराटनगरका राेनित श्रेष्ठ र दोस्रो उपविजेता (साझा विजेता) जेएस अटोमोबाइल्स प्रालि, सतुंगलका सागर त्वाती र जीएसएस ट्रेडर्स, लम्कीका बिनोद चौधरी बने ।

यी उत्कृष्ट प्राविधिकहरूले यामाहाको सेवा प्रतिवद्धता प्रति आफ्नो समर्पण प्रमाणित गरेका छन्। उनीहरूको उत्कृष्ट प्रदर्शनले ग्राहक सन्तुष्टि र सवारी सुरक्षामा सर्भिसकर्मीहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरालाई पुनः पुष्टि गरेको बताइएको छ ।

साे अवसरमा, एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, “यामाहा एउटा ब्रान्ड मात्र होइन, यो नवीनता, प्रदर्शन र सटीकताले भरिएको उच्च प्रविधियुक्त मोबिलिटी समाधान हो। हरेक उत्कृष्ट यामाहा अनुभवको पछाडि एउटा दक्ष प्रविधिक हुन्छ, जसले हरेक यात्रा सहज र सुरक्षित बनाउँछ। जनशक्तिमा लगानी गर्न दृढ रहँदै हामी उनीहरूलाई सही उपकरण, तालिम र अवसरहरू प्रदान गरेर सक्षम बनाउँदैछौं। यो प्रतियोगिता ग्राहक सन्तुष्टि र ब्रान्डप्रतिको विश्वासको आधार सक्षम जनशक्ति नै हो भन्ने हाम्रो विश्वासको प्रमाण हो।”

Logo