काठमाडौँ

सरकारले २०७७ साल सम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पु¥याउने लक्ष्य राखेको छ । "/>

नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याउने सरकारी लक्ष्य

नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याउने सरकारी लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले २०७७ साल सम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पु¥याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण गरिएको हो । हाल नेपालीको सरदर औसत आयु ७२ वर्ष रहेको छ । यसअघि २०७३ सालमा नेपालीको आयु ६९ वर्ष रहेको थियो ।

प्रतिवेदनले २०७७ सालसम्म मातृ मृत्युदर ( प्रति लाख जीवित जन्म ) २३९ बाट १२५ मा झार्ने लक्ष्य लिएको छ । पाँच वर्ष मुनिका बालमृत्यु ( प्रतिहजार जीवित जन्म ) ३९ बाट २६, नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्म) २३ बाट १७ जनामा झार्ने लक्ष्य समेत निर्धारण गरिएको छ । पछिल्लो समय नवजात शिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेका कारण आयुमा वृद्धि भएको हो ।

नसर्ने ( मुटु, मिर्गौला, अर्बुदरोग लगायत) रोगको उपचारमा केही आर्थिक सहयोग समेत प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ । संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक अधिकारमा व्यवस्था गरेको छ । प्रतिवेदनमा स्वास्थ्य संस्था मार्फत प्रसूति सेवा प्राप्त गर्ने महिलाको प्रतिशत ५७ बाट ७२ पु¥याइने र सीपयुक्त स्वास्थ्यकर्मीद्वारा प्रसूति सेवा प्राप्त गर्ने महिलाको संख्या ५८ बाट ७२ प्रतिशत पु¥याइने लक्ष्य निर्धारण गरिएको छ ।

नवजात शिशु तथा प्रसूति सेवा निःशुल्क छ । आमा सुरक्षा कार्यक्रम मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई यातायात खर्च समेत दिँदै आएको छ । अर्कातर्फ नयाँ एचआईभी संक्रमित वार्षिक संख्या हालको ८०१ बाट ७१० जनामा झार्ने तथा पहिचान भएका क्षयरोगी मध्ये उपचारको सफलता ९० प्रतिशत पु¥याइने तय गरिएको छ ।
प्रतिवेदनले स्वास्थ्य नीति, रणनीति तथा बिमा ऐनको प्रभावकारी कार्यान्वयन गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउन जरुरी रहेको औंल्याएको छ ।
राजधानीबाट

Logo