काठमाडौं । नेपालका कामीरिता शेर्पाले आफ्नो रेकर्ड ब्रेक गर्दै मंगलबार बिहान ३१औं पटक सगरमाथा आरोहण गरेका छन् ।
यो आरोहण सँगै उनले आफ्नै विश्व रेकर्डमा थप शिखर चुमेका हुन् । कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथा आरोहण गरेका थिए । उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका हुन् ।
आज बिहान ४ बजेतिर उनले सर्वोच्च शिखर सगरमाथाको ३१ औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पा सामाजिक सनजाल फेसबुकमा पोष्ट गरेका छन् ।
‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१औं पटकको सफल आरोहणका लागि बधाइ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
कामीरिता सेभेन समिट ट्रेक्समा आवद्द छन् ।





























प्रतिक्रिया