पाटन
पाटनको महत्वपूर्ण एवं ऐतिहासिक मानिने पायोँ अर्थात् खड्ग जात्रा विधि पुर्वक सम्पन्न भएको छ ।
झाँकी सहित मनमानेश्वरी देवीलाई यथास्थानमा विराजमान गराई सोमबार विधि पुर्वक सबैभन्दा पुरानो जात्रा पायोँ अर्थात् खड्ग जात्रा सम्पन्न गरिएको हो । मुल गुठीयार साम्राज्य श्रेष्ठको नेतृत्वमा झाँकी तथा बाजा गाजा सहित मनमानेश्वरी भवानीलाई नगर परिक्रमा गराई आगम घर पुर्याई विराजमान गराईएको थियो । यो संगै जात्रा विधिवत सम्पन्न भएको छ ।
घटस्थापना देखि विधिवत रुपमा सुरु भएपनि यो जात्राको मुख्य विधि फूलपातीका दिन गरिन्छ । पाटन दरबार स्क्वायरमा रहेको तलेजु भवानीको शक्तिको रुपमा लिईने खड्गलाई अष्टमीका दिन मध्यरातमा पुजा गरि नवमीका दिन महालक्ष्मी स्थान पुर्याईन्छ । विभिन्न प्रक्रिया पुरा गरी टीका पछिको त्रयोदशीका दिन जात्रा विधिवत सम्पन्न गरिन्छ ।
लिच्छिविकालिन राजा मानदेवको नाति बसन्तदेवबाट सुरु गरिएको यो जात्रा बजेट अभावका कारण २५ बर्ष देखि हुन सकेको थिएन । ललितपुर महानगरपालिका, गुठी संस्थान, ललितपुर उद्योग वाणिज्य संघ लगायत क्षेत्रबाट सहयोग प्राप्त भएपछि २६ औं बर्षमा खड्ग जात्रा निकालिएको हो । मंगल टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधानले जात्रा गर्न पाउँदा टोलबासीमा हर्षोल्लास छाएको र दशैं आएको जस्तो महसुस भएको भन्दै खुसी व्यक्त गर्नुभयो । एक पटक यो जात्रा गर्नका लागि ४० लाख भन्दा बढी बजेट आवश्यक पर्ने बताईन्छ । भिडियो :





























प्रतिक्रिया