कपिलवस्तु । कृष्णनगरमा लगाईएको कर्फ्यू पूर्ण रुपमा हटेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू मंगलबार विहान ६ बजेदेखि पूर्ण रुपमा हटाएको हो । "/>

कपिलवस्तुको कृष्णनगरमा लगाईएको कर्फ्यू पूर्ण रुपमा हट्यो

कपिलवस्तुको कृष्णनगरमा लगाईएको कर्फ्यू पूर्ण रुपमा हट्यो

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु । कृष्णनगरमा लगाईएको कर्फ्यू पूर्ण रुपमा हटेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू मंगलबार विहान ६ बजेदेखि पूर्ण रुपमा हटाएको हो ।

पछिल्लो पटक सोमबार साँझ ५ बजेदेखि मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो । मंगलबार विहान अर्को सूचना प्रकाशित गरी दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटाइएको थियो । त्यसपछि भने पूर्ण रुपमा कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कृष्णनगर बजार क्षेत्रमा शुक्रबार दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई समुदायबीच विवाद भएपछि सम्भावित दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको थियो । विवाद भएपनि आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।

Logo