काठमाडाैं । नेपालको कपडा तथा तयारी पोशाक क्षेत्रमा दिगोपन प्रवद्र्धन गर्ने उद्देश्यसहित सोलिड्यारीड्याड र नेपाल तयारी पोशाक उद्योग संघबीचको सहकार्य सुरु भएको छ ।
मंगलवार आयोजित कार्यक्रममा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले पहिले नै सम्झौता भइसकेको सहकार्य आजदेखि सुरु भएको जानकारी दिएका हुन् ।
अध्यक्ष पाण्डेले तयारी पोशाकलाई प्रतिष्पर्धात्मक बनाउने, त्यसबाट उत्पन्न हुने फोहोर विसर्जन, रोजगारीको सिर्जनासँगै उत्पादित वस्तुहरु विश्व बजारमा पुर्याउने र नेपालमा पनि बजारीकरणका विषयमा सहकार्य हुने बताए।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल सरकारले उद्योगहरुलाई पर्याप्त सहयोग नगरेको बताएका छन् । उनले बंगलादेश सरकारले गार्मेन्ट उद्योगलाई सहयोग गर्ने गरेको तर नेपाल यसका विपरित भएको भन्दै सरकारबाट पर्याप्त सहयोग नपाएकोले, धेरै गार्मेन्ट उद्योग बन्द भएको बताए ।
यस्तै, उनले कोभिडपछि नेपालको अर्थतन्त्र स्थिरतामा गएको भन्दै अहिले निजी क्षेत्रको पहलमा बन्द कारखानाहरू खोल्ने र व्यवसायलाई प्रवद्र्धन गर्ने मौका रहेको पनि बताए । स्थिर नीति र डिजिटल अर्थतन्त्र ल्याउनको लागि पहल गरिरहेको भन्दै यसले औपचारिक व्यापार बढाउन सहयोग गर्ने उनको भनाई छ ।

यसैगरी सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले सरकार, उद्योग वाणिज्य महासंघ र सोलिड्यारीड्याडबिचको सहकार्यले नेपालमा तयारी पोशाकको क्षेत्रमा नयाँ क्रान्ति ल्याउन सक्ने बताए । उनले
सोलिड्यारीड्याड र नेपाल तयारी पोशाक उद्योग संघबीचको सहकार्यले नेपालमा प्रतिस्पर्धात्मक बजारको निमार्ण गर्ने पनि बताए ।































प्रतिक्रिया