चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ ।

जेठ १५ गते तय भएको प्रदर्शन देशभरका आन्दोलन र विषम परिस्थितिका कारण हाललाई प्रदर्शन रोकिएको निर्माता हिसील कडरियाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्। दर्शकको सुरक्षालाई प्राथमिकता दिँदै यो निर्णय लिइएको र परिस्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति चाँडै घोषणा गरिने उनले बताए ।

चलचित्रप्रति दर्शकको उत्साह र समर्थनप्रति आभार व्यक्त गर्दै निर्माताले निरन्तर साथ र समझदारीको अपेक्षा गरेका छन्।

Logo