अर्थमन्त्रीले बजेट भाषण गरेबापत पैसा पाउँछन् ?

अर्थमन्त्रीले बजेट भाषण गरेबापत पैसा पाउँछन् ?

केन्द्रबिन्दु
60
Shares

काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२।८३ लागि बजेट सार्वजनिक गर्दैछन् ।

नेपालको संविधानले प्रत्येक वर्षको जेठ १५ गते सङ्घीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको अनुमानित आयव्ययको विवरण व्यवस्था गरेअनुसार आज अर्थमन्त्री पौडेलले नयाँ बजेट पेस गर्दैछन् ।

बजेट भाषण गरेपछि धेरैको बुझाई अर्थमन्त्रीले पैसा पाउँछन् भन्ने रहेको छ । बजेटसँगै सर्वसाधारणमा एउटा मित्थ्या हल्ला फैलने गर्छ– बजेट भाषण गरेबापत अर्थमन्त्रीले पाँच लाख रुपैयाँ नगद पाउँछन् । हरेक वर्ष सामाजिक सञ्जालमा यस्तो हल्ला फैलिन्छ । वास्तविकतामा भने अर्थमन्त्रीले बजेट भाषण गर्दा पैसा पाउने व्यवस्था नै छैन ।

Logo