काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गरेको मुख्य सचेतक र प्रमुख सचेतकहरुको बैठक सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन् । जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरुले अब फेरि अवरोधको कार्यक्रमलाई निरन्तरता दिने जनाइसकेका छन् । त्यसका लागि सभामुख घिमिरेले बैठक राखेका हुन् ।
आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ । उक्त बैठकले बजेट माथिको छलफलको समय निर्धारण गर्ने बताइएको छ ।































प्रतिक्रिया