काठमाडौँ

यदि तपार्इं कतै घुम्न निस्कदैँ हुनुुहुन्छ ? यो भन्दा अगाडी कहिल्यै एक्लै यात्रामा निस्कनु भएको छैन भने धेरै कुरा थाहा नहुन पनि सक्छ । "/>

घुम्न निस्कनेहरुका लागि उपयोगी टिप्सहरु

घुम्न निस्कनेहरुका लागि उपयोगी टिप्सहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

यदि तपार्इं कतै घुम्न निस्कदैँ हुनुुहुन्छ ? यो भन्दा अगाडी कहिल्यै एक्लै यात्रामा निस्कनु भएको छैन भने धेरै कुरा थाहा नहुन पनि सक्छ । यदि तपार्इं यात्रा गर्ने इच्छा पुरा गर्नुको साथै स्मार्ट ट्राभलर बन्न चाहनुहुन्छ भने यी कुुरा जान्न जरुरी छ :

धेरै बुकिङ गर्नबाट बच्नुहोस्

पहिलो पटक यात्रा गर्ने क्रममा धेरैजसोले अगाडि नै बुकिङ गर्ने गर्छन् । होटल देखि ब्रेकफास्ट, लञ्च, डिनरसम्म पहिले नै बुकिङ गर्दा महंगो पर्न जान्छ । यदी अफ सिजनमा यात्राको लागि निस्कदैँ हुनुहुन्छ भने अनलाइनबाट बुकिङ गर्दा सस्तो र सजिलैसँग पाइन्छ ।

हरेक ठाँउमा ट्राभल एजेन्टको जरुरत हुँदैन

ट्राभल एजेन्टले तपाई जाने ठाँउको बारेमा पुरै जानकारी त दिन्छ तर यदि तपाई आरामले यात्राको मज्जा लिन चाहनुहुन्छ भने हरेक ठाउँमा ट्राभल एजेन्टको अवोइड गर्नुहोस् । किनभने ट्राभल एजेन्टले सबै ठाउँको पुरै जानकारी दिनुभन्दा पनि छिटो छिटो ठाउँहरुको कभर गर्नेको बारेमा सोच्छ । जसमा तपार्इंले यात्राको मज्जा लिन सक्नुहुन्न ।

लोकल मानिसबाट नडराउनुहोेस्

धेरैजसो घटनाहरुको बारेमा सुनेर वा देखेर तपार्इंलाई लाग्न सक्छ, नयाँ ठाँउको मानिसहरुसँग सुरक्षित महसुस हुँदैन । तर यस्तो सोच्नु बिल्कुलै गलत हो । उनीहरुसँग खुलेर कुरा गर्न सकियो भने त्यो ठाउँको बारेमा निकै जानकारी मिल्न सक्छ । साथै सस्तो राम्रो खाना र बस्ने ठाउँको बारेमा थाहा हुन्छ ।

घुम्ने ठाउँको लिस्ट बनाउनुहोस्

आफ्नो छुट्टिको हिसाबले घुम्नेको प्लानिङ बनाउनुहोस् । नत्र सबै ठाउँ कभर गर्ने चक्करमा भागदौड मात्र हुन्छ र यात्राको मज्जा लिन सकिदैन । कुन ठाउँमा घुम्न जाने हो त्यसको वरिपरि कुन–कुन ठाउँ पर्छ त्यो कुराको जानकारी लिनुपर्छ ।

बजेटको प्लानिङ गर्नुपर्छ

यात्राको तयारी गर्दा हरेक चिजको योजना बनाएर हिंड्दा राम्रो हुन्छ । त्यसमा पैसा त झन महत्वपूर्ण हुन्छ । एक्स्ट्रा पैसा पनि बोक्नुपर्छ । कहिलेकाहीं समस्या परेर खर्च सोचेको भन्दा बढि हुन सक्छ ।

अनावश्यक प्याकिङबाट बच्नुहोस्

पहिलो पटक यात्रामा निस्कदैँ हुनुहुन्छ भने जति सकिन्छ त्यती कम प्याकिङ गर्नुहोस् । जसबाट यताउती जाँदा समस्या हुँदैन । कपडा, जुत्ता चप्पल, गरगहना प्याकिङ गर्दा दिनको हिसाबले होइन, जति आवश्यक हुन्छ त्यती बोक्नुपर्छ ।

धेरै किनमेलबाट बच्नुहोस्

घुम्नको लागि बाहिर निस्कदा अनावश्यक कुराहरु किनमेल गर्नबाट बच्नुपर्छ । यसबाट पैसा र समय दुवै बच्छ । बचेको समय अरु कुनै ठाउँ घुम्नमा प्रयोग गर्न सकिन्छ । साथै तपाईंको लगेजको तौल पनि बढि हुँदैन ।

 

Logo