एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन निकै कम फिल्ममा देखिने गर्दछन् । यस कारणले उनका फ्यानहरु उनीसँग दुखी छन् । यति बेला उनी ‘सुपर ३०’ नामक फिल्ममा व्यस्त छन् । साथै उनी टाइगर श्रांफको साथमा पनि अर्को फिल्ममा काम गरिरहेका छन् ।
यसै बिचमा ऋतिकले अर्को नयाँ फिल्म साइन गरेका छन् । उनी पहिलै देखि हल्का फुल्का मसालेदार फिल्ममा अभिनय गर्न चाहन्थे । अन्तत उनको इच्छा पूरा भएको छ । उनले रोहित धवनको फिल्म साइन गरेका छन् ।
रोहित प्रसिद्घ निर्देशक डेविड धवनका छोरा हुन् । मसालेदार फिल्म बनाउनु उनको विशेषता हो । रोहितले देसी ब्वाइज र ढिशूम जस्ता फिल्महरु बनाएका छन् ।





























प्रतिक्रिया