नाडाद्वारा बजेटको स्वागत, अटोमोबाइल्स क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास

नाडाद्वारा बजेटको स्वागत, अटोमोबाइल्स क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई अटोमोबाइल्स क्षेत्रका लागि मैत्रीपूर्ण र व्यवसाय-उन्मुख रहेको भन्दै स्वागत गरेको छ।

लामो समयदेखि उठाउँदै आएका नीतिगत सुझावहरूलाई मनन गरी आर्थिक वर्ष २०८२/८३ को बजेट अटोमोबाइल्स मैत्री आएकोमा नाडाले सरकारप्रति आभार पनि व्यक्त गरेको छ।

नाडाका अनुसार, यो बजेटले नेपालको अटोमोबाइल्स क्षेत्रको वर्षौं पुरानो माग र आवाजलाई समेटेको छ । “यो बजेट व्यवसायमैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरूलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मौद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौं,” विज्ञप्तिमा उल्लेख छ ।

नाडाले यस बजेटले अटोमोबाइल्स व्यवसायमा सकारात्मक ऊर्जा थप्ने र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

Logo