पोर्चुगलकाे पाेष्टमा इङ्गल्याण्डकाे आधा दर्जन गाेल

पोर्चुगलकाे पाेष्टमा इङ्गल्याण्डकाे आधा दर्जन गाेल

केन्द्रबिन्दु
120
Shares

काठमाडाैं । यूईएफए महिला नेसन्स लिगअन्तर्गत इङ्गल्याण्डले पोर्चुगललाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । यो समूह ‘सी’ को पाँचौं राउन्डको खेल थियो।

खेलको सुरुदेखि नै इङ्गल्याण्डले पोर्चुगललाई दबाबमा राखेको थियो। इङ्गल्याण्डका लागि एगी बीभर-जोन्सले खेलको तेस्रो, २६ औं र ३३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यस्तै, लुसी ब्रोन्जले पाँचौं मिनेटमा, बेथ मीडले २९ औं मिनेटमा र क्लो केलीले ६२ औं मिनेटमा एक-एक गोल थपिन्।

पहिलो खेलमा दुई टोलीको भेट हुँदा १-१ को बराबरीमा चित्त बुझाउनु परेको थियो। तर यसपटक इङ्गल्याण्डले हाफ टाइमसम्म ५-० को अग्रता लिएको थियो ।

यस जितसँगै इङ्गल्याण्डले लिगमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ।

आजै भएकाे खेलमा समूहकाे शीर्ष स्थानमा रहेकाे स्पेनले बेल्जियमलाई ५-१ ले पराजित गरेकाे थियाे ।

Logo