अटोमोबाइल क्षेत्र खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

अटोमोबाइल क्षेत्र खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सरकारकाे बजेट सकारात्मक आएको बताएका छन् ।

नाफिजले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले बजेट पढ्दा अटो क्षेत्रलाई उजागर गर्ने नीति लिएको प्रतिक्रिया दिएका हुन् । यो बजेटले अटो क्षेत्रका व्यवसायीहरु खुसी भएको उनको भनाइ छ । “अटो क्षेत्रलाई चलायमान बनाउने बजेट आएको छ । यसलाई हामीहरु स्वागत गर्छौँ,” उनले भने ।

अटो मोबाइल क्षेत्रले राज्यलाई केही पनि गरेको छैन भन्ने भनाइलाई आगामी आवको बजेटले चिरेको उनले बताए । अहिलेको नीतिले भविष्यमा निकै सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

Skip This
Skip This
Logo