काठमाडाैं । संसद बैठक सकिएपछि बाहिरिँदै गर्दा देखिएको एक सादगीपूर्ण तर ऐतिहासिक दृश्य अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उदाहरणीय बन्दै गएको छ । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले वरिष्ठ नेता डा. शशाङ्क कोइरालाप्रति देखाएको सम्मान र भद्र व्यवहारले धेरैको ध्यान तानेको छ।
उक्त दृश्यमा डा. शर्मा प्रतिनिधिसभा भवनभित्रबाट डा. शशाङ्क कोइरालालाई गाडी तर्फ लिएर आउँछन्, गाडीको ढोका खोलेर उहाँलाई राख्छन्, र त्यसपछि झुकी–झुकी हात ढोग्दै नमन गर्छन्। यो सम्मानसहितको विदाइ दृश्यले नेपाली राजनीतिमा अझै पनि संस्कार, आदर र आत्मीयता जिवित रहेको सन्देश दिएको छ।
यसैबारे बाजुरा जिल्लाकी नेपाली कांग्रेसकी महिला नेतृ रीता शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेकी छन्- “नेतृत्व पदले होइन, विचार र व्यवहारले चिनिन्छ । संघर्ष गर्नेहरूप्रति सम्मान गर्न नडगमगाउने, अग्रज प्रतिको कदर गर्ने, र सकारात्मक सोच राख्ने क्षमता — यही हो सच्चा राजनीतिज्ञको चिनारी, जुन नेपाली कांग्रेसका नेता माननीय दाइ डा. सुनिल शर्माको कार्यशैलीमा स्पष्ट देखिन्छ। यस्तो नेतृत्वलाई सम्मान गरौँ, मूल्याङ्कन गरौँ। जय नेपाल।”
शाहीको यो अभिव्यक्तिले मात्र होइन, डा. शर्माको कार्यशैलीले पनि नेपाली राजनीतिमा आवश्यक सकारात्मक संस्कार र मानवतावादी नेतृत्वको खाँचोलाई स्पष्ट रूपमा चिनाएको छ।





























प्रतिक्रिया