काठमाडौं । हेल्मेटमा लाग्दै आएको भन्सार दर बढेको छ । यसअघि हेल्मेटमा १५ प्रतिशत भन्सार लाग्दै आएकोमा अब २० प्रतिशत लाग्ने आर्थिक विधेयकमा उल्लेख रहेको हो ।
तर, पर्यटन विभागको सिफारिसमा जलयात्राको व्यवसाय गर्ने राफ्टिङ सेवा सञ्चालन गर्ने व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनका लागि १ सय थान यस्तो हेल्मेट पहिलोपटक आयात गर्दा भने ५ प्रतिशत मात्रै भन्सार महसुल लिने व्यवस्था पनि आर्थिक विधेयकमा गरिएको छ ।
चालू आर्थिक वर्षको १० महिनामा ६७ करोड ३९ लाख रुपैयाँ बराबरको ६१ लाख ९१ हजार थान हेल्मेट आयात भएको छ ।





























प्रतिक्रिया