प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको जनाउँदै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएकामा जोड दिएका छन ।
दशैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले भन्नुभएको छ, “यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनुहुँदैन भन्नेमा हामी हरेक क्षण सजग हुँदै आएका छौँ । हामी आमजनताको विश्वास र अपेक्षालाई शिरोपर गर्दै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्न चाहन्छौँ ।”
उनले भने, “देशमा रहेका काम गर्न सक्ने उमेर समूहका युवा जनसङ्ख्याको प्रधानता समृद्धिको एउटा प्रमुख आधार हो तर यो उमेर समूहको जनसङ्ख्या रोजगारको खोजीमा विदेशी भूमिको समृद्धिका लागि अहरोत्र खटिरहेको छ । सरकार यो अवस्थाको अन्त्य गरेर स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गर्न प्रयत्नशील छ ।”
दशैँ पर्वले नेपालको विविध भाषा, संस्कृति, परम्परा र विभिन्न स्थानमा रहेका नेपालीबीच भाइचारा, मेलमिलाप, सुसम्बन्ध कायम गर्ने माध्यम बनेको बताउँदै देशविदेशमा रहेका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले चाडपर्व सामाजिक र सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम भएको बताउका छन ।





























प्रतिक्रिया