काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् ।
जुलुस लिएर बालुवाटार जाने क्रममा अध्यक्ष थापालाई पक्राउ गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् । प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थियो । यस क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।





























प्रतिक्रिया