केएमसीमा ‘जब मेला २०२५’ सम्पन्न

केएमसीमा ‘जब मेला २०२५’ सम्पन्न

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । काठमाडाैं मोडेल कलेज बागबजारमा जब मेला–२०२५ सम्पन्न भएको छ ।

४५ कम्पनीको सहभागिता रहेको सो मेलामा विभिन्न कलेजका स्नातक तथा स्नातकोत्तर तहका करिव चार सय विध्यार्थीहरुको सहभागिता रहेको थियो । “करियर क्याम्पस – नेभिगेटिङ्ग स्मार्ट करियर च्वाईसेस इन द एज अफ अटोमेसन एण्ड रिमोट वर्क” नाम दिइएको प्यानल डिस्कसनमा क्लाउड फ्याक्ट्रीका सक्षम जोशीले विद्यार्थीहरुलाई विश्वविद्यालयको पाठ्यक्रममा मात्र सीमित नरहेर विश्वबजारलाई आवश्यक पर्ने प्रविधिमा जोडदिनुपर्ने बताए । जब मार्केटमा जाँदा एआईको प्रयोगमा ईमान्दार हुनुपर्ने र प्रष्टसँग आफ्नो विचार राख्नुपर्ने कुरालाई जोड दिए ।

यस्तै, लर्न इन्फिनिटीकी अदिती गोएलले समय सापेक्ष विश्वबजारमा जान चाहने व्यक्तिले सम्बन्धित विषयमा न्युनतम ज्ञान हासिल गर्नुपर्ने बताइन् । आफुलाई स्थापित गर्नका लागि सम्बन्धित क्षेत्रको विज्ञतामा समयानुकुल हुँदै जानु पर्नेमा जोड दिइन् ।

अर्का प्यानलिष्ट काठमाडाैं मोडेल कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदीले विश्वबजारको आवश्यकतालाई महशुस गरी त्यही अनुरुपको ज्ञान दिन लागिपरेको बताए । उनले विश्वविद्यालयको पाठ्यक्रममा मात्र सीमित नरही प्रविधिमैत्री वातारणमा समयानुकूल शिक्षा प्रदान गर्न र अहिलेको बजारमा आवश्यक विद्यार्थीहरु उत्पादन गर्न सबै कलेजहरु लाग्नुपर्नेमा जोड दिए ।

केएमसी कर्पोरेट रिच आउट क्लव प्रमुख कृतिका मुननकर्मी सहजकर्ता रहेको सो कार्यक्रम करिब १ घण्टा चलेको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफ्नो रुचीअनुसारको कम्पनीका सम्बन्धित व्यक्तित्वसँग छलफलमा एवं अन्तर्वार्तामा सहभागी भई रोजगारीका अवसरका बारेमा जानकारी लिएका थिए ।

केएमसी नेटवर्क अन्तर्गतका कलेज र अन्य कलेजका स्नातक तथा स्नातकोत्तर पढ्दै गरेका र पढाई सकेका विध्यार्थीहरुले जब मेलामा सहभागिता जनाएको कलेजका आन्तरिक गुणस्तर प्रत्यायन प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले जानकारी दिए । यस्तो कार्यक्रमले आफुलाई निकै फाईदाजनक भएको विद्यार्थीले बताए । जब फेयर कार्यक्रममा बैंक, होटेल, कलेज, ईन्सुरेन्स, ईन्जिनियरिङ तथा आई टी सेवा तथा उत्पादनमुलक विभिन्न कम्पनीहरु सहभागी भएका थिए ।

Skip This
Skip This
Logo