‘एजुकेसन युथ समिट’ परिवर्तन र सम्भावनाको अभियान हाे -इक्यान ललितपुर अध्यक्ष सिंह

‘एजुकेसन युथ समिट’ परिवर्तन र सम्भावनाको अभियान हाे -इक्यान ललितपुर अध्यक्ष सिंह

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को ललितपुर शाखाका अध्यक्ष अर्विन्द कुमार सिंहले युथ समिटले देश वा विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि सिक्न र नेतृत्व गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने बताएका छन् ।

ललितपुरको हिमालय होटलमा आयोजित ‘एजुकेसन युथ समिट’मा अध्यक्ष सिंहले याे केवल एक कार्यक्रम मात्र नभई परिवर्तन, विकास र सम्भावनाहरूको अभियान भएको बताएका हुन् ।

अध्यक्ष सिंहले वर्तमान युग तीव्र रूपान्तरण, नवीनता, प्रविधि र युवाहरूको अपरिमित सम्भावनाले परिचालित भएको उल्लेख गर्दै यस्तै परिप्रेक्ष्यमा यस समिटले परिवर्तन, विकास र सम्भावना स्थापित गर्ने विश्वास व्यक्त गरे ।

यो सम्मेलन प्रेरणादायी सम्बोधन, सीप विकास कार्यशाला, कला तथा निबन्ध प्रतियोगिता, राष्ट्रिय वक्तृत्वकला प्रतिस्पर्धा, शैक्षिक प्रदर्शनीदेखि सांस्कृतिक कार्यक्रमसम्मको युवाको सृजनशीलता र नवप्रवर्तनको पूर्ण झल्को भएको पनि अध्यक्ष सिंहले बताए ।

Logo