शैक्षिक परामर्श व्यवसायलाई अब स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने उद्योगको रूपमा बदलिनुपर्छ -अध्यक्ष राजेन्द्र बराल

शैक्षिक परामर्श व्यवसायलाई अब स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने उद्योगको रूपमा बदलिनुपर्छ -अध्यक्ष राजेन्द्र बराल

केन्द्रबिन्दु
243
Shares

काठमाडाैं । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले विदेश जाने मात्र होइन, विदेशका विद्यार्थीलाई पनि नेपालमा ल्याएर पढाउने दिशामा अब स्पष्ट र दूरदर्शी नीति आवश्यक रहेको बताएका छन्।

इक्यान ललितपुरद्वारा आयोजित ‘एजुकेसन युथ समिट’लाई सम्बोधन गर्दै अध्यक्ष बरालले भने, “आज हामी शैक्षिक परामर्श व्यवसायलाई एउटा सशक्त, व्यवस्थित र औद्योगिक संरचनाको रूपमा विकास गर्ने दिशामा अघि बढिरहेका छौँ। अब यो क्षेत्र केवल विदेश पठाउने च्यानल मात्र होइन, स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने एउटा ‘शिक्षा उद्योग’को रूपमा बदलिनुपर्छ।”

बरालले युवाको चाहनाअनुसार खेलकुद, कृषि, स्वास्थ्य, आईटी, हस्पिटालिटी, कुकरी लगायतका सीपमूलक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा पनि जोड दिए। “हामीले शिक्षा भन्नाले केवल डिग्री दिने प्रणाली मात्र होइन, सीप, प्रविधि, संस्कृति, रचनात्मकता, विवेक र सामाजिक उत्तरदायित्वसमेत समेट्नुपर्छ,” उनले स्पष्ट पारे।

उनले नेपालबाट विद्यार्थी विदेश पठाउने मात्र होइन, विदेशी विद्यार्थीहरूलाई नेपालमै आकर्षित गर्ने अवसर पहिचान गर्नुपर्नेमा जोड दिए। “हाम्रो हावापानी, सांस्कृतिक धरोहर, स्वास्थ्य शिक्षा, कृषि इन्जिनियरिङ, पर्यटन, भाषा र संस्कृति अध्ययनका लागि नेपाल उत्कृष्ट गन्तव्य हो। राज्यले आवश्यक संरचना र नीतिगत मार्गनिर्देशन गरिदिएमा नेपाल अन्तर्राष्ट्रिय शिक्षा केन्द्र बन्न सक्छ,” राजेन्द्र बरालले भने।

हाल प्रदेशस्तरीय विश्वविद्यालय खोल्ने होडबाजीको सट्टा ‘जनस्रोत विश्वविद्यालय’ स्थापना गर्नुपर्ने प्रस्ताव पनि उनले राखे।

Logo