काठमाडौं । बजेट सार्वजनिक भएपश्चात पहिलो दिन खुलेको सेयर बजारमा उत्साह देखिएन । बजेटपश्चात बजार बढ्ने अपेक्षा अधिकांशको थियो । तर बजार सोचेअनुरूप उकालो लाग्न सकेन ।
आज सेयर बजार मापक नेप्से परिसूचक २.७७ अंकले मात्र वृद्धि भयो । यो सँगै नेप्से २६९५.८४ बिन्दुमा अडिएको छ । यस दिन ९ अर्ब २२ करोड ६३ लाख २२ हजार रुपैयाँको कारोबार भयो ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसदमा पेश गर्नुअघि अर्थात् जेठ १४ गते बुधबार नेप्से १७.४४ अंकले बढेको थियो । उक्त दिन ८ अर्ब ४७ करोड ८२ लाख रुपैयाँको कारोबार भएको थियो ।
पछिल्लो केही समययता बजारले अपेक्षित गति सकिरहेको छैन । बजेटले लगानीकर्ता उत्साहित बनाउन नसक्दा सेयर बजारमा झिनो वृद्धि देखिएको हो । कुल १३ उपसूचकमध्ये ८ उपसूचकमा हरियाली छायो भने बाँकी ५ उपसूचकमा राताम्मे बन्यो । लगानी र होटल एण्ड पर्यटन सेक्टरमा लगानीकर्ताको झुकाव बढी रह्यो । ११५ कम्पनीको मूल्य बह्यो भने १३३ कम्पनीको मूल्य घट्यो ।
यस दिन ओम मेघाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । त्यस्तै, न्यादी हाइड्रोपावर, एचआइडीसियल, सप्तकोशी डेभलपमेन्ट बैंक लगायत कम्पनीको मूल्य बढेका छन् । भूगोल इनर्जी, पिपुल्स पावर, उपकार लघुवित्त लगायत कम्पनीको सेयर मूल्य घट्यो ।





























प्रतिक्रिया