काठमाडौं । आन्द्राको क्यान्सर रोगबाट पीडित ‘नक्कली प्रचण्ड’का रूपमा परिचित हास्यकलाकार घनश्याम गौतमको सोमबार राति निधन भएको छ ।
हास्य टेलिसिरियल ‘मेरी बास्सै’मार्फत ‘नक्कली प्रचण्ड’ का रूपमा दर्शकमाझ चिनिएका कलाकार गौतमको लामो समयदेखि उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा उपचार गराइरहेका थिए ।
‘मेरी बास्सै’ टेलिश्रृंखलामा तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका गौतम गाईजात्रा लगायतका थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए । पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार मंगलवार विहान बिहान पशुपति आर्यघाटमा गरिनेछ।





























प्रतिक्रिया