काठमाडौं सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक अब भाेलि बस्ने भएकाे छ । बिहान ११ बजे बस्ने तय भएको बैठक विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेकाले दिउँसो दुई बजे बस्ने गरी समय परिवर्तन गरिएको थियाे । तर उक्त समयमा पनि बैठक बस्न नसकेपछि भाेलि दिउँसाे १ बजेसम्मका लागि बैठक सारिएकाे हाे ।
प्रतिपक्ष दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेर बैठक बस्न दिएका छैनन् । आजै बसेको बैठकले गृहमन्त्रीले राजीनामा गर्नुपर्ने निष्कर्ष निकालेको थियो । तर पछि सरकारको तर्फबाट न्यायिक होस् वा संसदीय छानबिन समितिको टीओआरसहित आएपछि सदनको अवरोध हटाउन प्रतिपक्ष दलहरु सहमत भएपनि सत्ता पक्ष तयार नहुँदा बैठक बस्न नसकेको हो ।





























प्रतिक्रिया