काठमाडौं । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले आफ्नो कम्प्याक्ट लग्जरी एसयुभी ‘जिकर एक्स’ को मूल्यमा समायोजन गरेको छ।
अब यो इलेक्ट्रिक एसयुभी नयाँ र परिमार्जित मूल्य रू. ७४,९९,००० मा उपलब्ध भएको छ। यसअघि रू. ८४ लाख ९९ हजार बजारमूल्य रहेको जिकर एक्स अब १० लाख रुपैयाँ कम मूल्यमा खरिद गर्न सकिने भएकाे हाे ।
पायोनियर मोटोकर्पले यस योजनालाई ‘अनचेन्ड ड्युटि, अनबिटेबल प्राइस’ नाम दिएको छ। यसअन्तर्गत ग्राहकहरूले २० प्रतिशत डाउन पेमेन्टमा नै गाडी खरिद गर्न सक्नेछन्। यसका साथै, एक्सचेन्ज बोनस, अटो प्लस बीमा, सडक करमा १ आर्थिक वर्षको छुट, र निःशुल्क ७ किलोवाट वाल चार्जर जस्ता थप विशेष सुविधाहरूको पनि लाभ लिन सकिनेछ।
जिकर एक्स २०० किलोवाटको शक्तिशाली मोटरद्वारा सञ्चालित छ, जसले उत्कृष्ट पर्फमेन्स र सहज एवं रेस्पोन्सिभ ड्राइभ अनुभव प्रदान गर्दछ। यसको डब्लुएलटिपि रेन्ज ४४० किलोमिटर रहेको छ, जुन अग्रणी युरोपेली प्रतिस्पर्धीहरूसँग बराबर रहेको कम्पनीले जनाएको छ।
जिकर ००१ र जिकर सेभेन-एक्स जस्तै उन्नत ‘एसइए’ प्लेटफर्ममा आधारित जिकर एक्सको संरचनामा ७३ प्रतिशत हाइ-स्ट्रेन्थ स्टिल प्रयोग गरिएको छ। यसले गाडीलाई मजबुत बनाउनुका साथै सुरक्षामा कुनै सम्झौता नगरी तौल पनि कम गर्छ। जिकर एक्स २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एक मात्र गाडी हो, जसले प्रतिष्ठित ५-स्टार सेफ्टि रेटिङ प्राप्त गरेको छ। साथै, यसले ग्रिन एनक्यापबाट ५-स्टार रेटिङ हासिल गर्दै वातावरणमैत्रीपनमा पनि अग्रता लिएको छ।
गिलि होल्डिङ ग्रुपअन्तर्गत निर्मित जिकर एक्सले लक्जरी, स्मार्ट अर्बान मोबिलिटी र सहज पहुँचको सन्तुलनका साथ सहरी इलेक्ट्रिक एसयुभीको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ। यसको प्रतिस्पर्धात्मक मूल्य, सहज वित्तीय योजना, र विशेष स्वामित्व सुविधाहरूका कारण अहिले नै जिकर एक्स खरिद गर्न चाहने ग्राहकहरूका लागि उत्तम समय बनेको पायोनियर मोटोकर्पले बताएको छ।
इलेक्ट्रिक गाडी खरिद गर्न चाहनेहरूलाई पायोनियर मोटोकर्पले नजिकको सोरुममा पुगी जिकर एक्सको स्टाइलिस डिजाइन र विशेषताहरूको अनुभव गर्दै नयाँ मूल्य र योजनाको लाभ लिन आह्वान पनि गरेको छ।





























प्रतिक्रिया