काठमाडौं

नेपाल खाद्य संस्थानले दसैंका लागि विक्री गरेका खसीबोका तीन दिनमै सकिएका छन् । "/>

तीन दिनमै सकिए खाद्य संस्थानका खसि बोका

तीन दिनमै सकिए खाद्य संस्थानका खसि बोका

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल खाद्य संस्थानले दसैंका लागि विक्री गरेका खसीबोका तीन दिनमै सकिएका छन् । दसैंको लागि ल्याएका खसीबोका शुक्रबार देखि थापाथलीस्थित संस्थानको कार्यालयबाट विक्री सूरु गरेको थियो । लक्ष्य अनुसार खसीबोका राजधानी ल्याउन नसक्दा तीन दिनमै संस्थानका खसीबोका सकिएको नेपाल खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए ।

शुक्रबार देखि विक्री सुरु गरेको खसीबोका आइतबार दिउसै सक्किएका छन् । आइतबार संस्थानका खसीबोका किन्न आउने धेरै उपभोक्ताहरु रित्तो हात फर्किन बाध्य भए । संस्थानले विक्री गर्न ल्याएका खसीबोका सक्किए पछि खाली हात फर्किनु परेको उपभोक्ताहरुले बताए ।

बालाजुबाट आएका राजन रेग्मी र जडिबुटीबाट आएका डिल्ली पाण्डे लगायतका धेरै व्यक्ति आइतबार संस्थानमा खसी नपाएपछि रित्तो हात फर्किन बाध्य भए । सधै जस्तो संस्थानका खसीबोका फुलपात्तीको दिन सम्म बाँकी हुन्थ्यो । यो वर्ष विक्री गरेको तीन दिनमै सकिएकोले आफुहरुलाई खसि बोका खरिदमा समस्या भएको डिल्ली पाण्डेले बताए ।

दुई हजार खसीबोका र च्यांग्रा ल्याउने लक्ष्य रहेको भएपनि १ हजार २ सय २७ वटा मात्र खसीबोका र च्यांग्रा आएपछि छिटै सकिएको खाद्य संस्थाले बताएको छ । १ हजार २ सय २७ मध्येमा ३ सय ७ खसीबोका र ९ सय २० च्याङग्रा आएको संस्थानका प्रवक्ता सापकोटाले जानकारी गराए ।
राजधानीबाट

Logo