दाङ

तुलसीपुर उपमहानगरपालिका, बखरिया गाउँस्थित एउटा बस्ती । चार वर्ष अघि बबईमा आएको बाढीले घरबास सोहोरेपछि विस्थापितहरू त्रिपालको ओतमा आश्रित छन् । "/>

वाढीपीडितको त्रिपाल भित्र दसैंको उत्साह

वाढीपीडितको त्रिपाल भित्र दसैंको उत्साह

केन्द्रबिन्दु
0
Shares

दाङ

तुलसीपुर उपमहानगरपालिका, बखरिया गाउँस्थित एउटा बस्ती । चार वर्ष अघि बबईमा आएको बाढीले घरबास सोहोरेपछि विस्थापितहरू त्रिपालको ओतमा आश्रित छन् । विस्थापित भएको सुरुका वर्षमा पर्व आगमनले निकै पीडाबोध गराइदिन्थ्यो उनीहरूलाई । छिमेकमा छाउने पर्वको रौनकले यी टहरामा छुँदै छुँदैनथ्यो । तर अहिले यिनै टहरोमा हरेक पर्वको उमंग छाउँछ । ऋण गरेरै भए पनि पर्व रमाइला बन्छन् । अब पीडा मानेर के गर्ने ?

दसैंको चहलपल यो बस्तीमा पनि सुरु भइसकेको छ । बालबालिकालाई नयाँ पोसाकको जोहो तथा मिठोमसिनो जुटाउन बस्तीका नागरिक तल्लीन छन् । ‘नानीबाबुहरूले नयाँ लुुगा किन्न हत्ते गरिराछन्,’ विष्णा बादीले भनिन्, ‘तुलसीपुर गएर किनिदिने तयारीमा छु ।’ विष्णाको परिवार दसैं सकेजति भव्य गरी मनाउने तयारीमा छ । बाढीबाट विस्थापित केही वर्ष भने उनका लागि पीडादायी रहे । ‘पहिलापहिला त चार्डबाड किन आउँछन् भन्ने लाग्थ्यो , साह्रै नमज्जा लाग्थ्यो,’ उनले भनिन्, ‘अब त त्रिपालका टहरा नै ठूला घर लाग्न थालिसके, पहिलाको जस्तो पीडा लाग्दैन, सकेजति खुसी बन्ने कोसिस गर्छौं ।’

‘हामी त जस्तो भए पनि केही भएन, तर केटाकेटीले नराम्रो मान्न थालिहाल्छन्’, विष्णाले भनिन्, ‘केटाकेटीका लागि पनि दसैं सकेजति रमाइलो बनाइदिनै पर्छ ।’ उनको परिवारको गर्जो टार्ने माध्यम माछा मारेर बेच्नु हो । बबई नदीमा माछा मारेर चलेको उनको परिवारका लागि दसैंखर्च जुटाउन सजिलो भने छैन । उनी भन्छिन्, ‘गाउँमा ऋण सापट कसो नपत्याउलान् ?’

यो बस्तीका अधिकांश विस्थापितलाई अहिले दसैंको चटारोले छोइसकेको छ । उनीहरूमा गतिलो घरबासको चिन्ता भन्दा पनि टहरोमै दसैं कसरी भव्य बनाउने भन्ने धाउन्ना छ । ‘जिन्दगीभर पीडा मानेर के गर्ने ? २०७१ साउनमा आएको बाढीबाट विस्थापित मध्ये आयस्रोत बलियो भएकाहरूले आफ्नै बलबुँताले घर निर्माण गरिसकेको भए पनि आयस्रोत अत्यन्त कमजोर भएका पीडित अहिलेसम्म त्रिपालको ओतमै छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo