काठमाडौं

धर्मको नाममा बालतपस्वी पण्डित उत्तम भट्टजी महाराजले ठगी धन्दा सञ्चालन गरेको रहस्य खुलेको छ । "/>

धर्मको नाममा बालतपस्वीले ठगी धन्दा गरेको आरोप

धर्मको नाममा बालतपस्वीले ठगी धन्दा गरेको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

धर्मको नाममा बालतपस्वी पण्डित उत्तम भट्टजी महाराजले ठगी धन्दा सञ्चालन गरेको रहस्य खुलेको छ । विभिन्न स्थानमा बालतपस्वीको नाममा भागवत् वाचन गर्दै हिँड्ने धादिङका एक पण्डितले एक महिलालाई ६० लाख रुपैयाँ ठगी गरेको रहस्य खुलेको हो ।

धादिङको ज्वालामुखी गाउँपालिका–४ ढोला स्थायी घर भएका उत्तम भट्टजी महाराज नाम गरेका उत्तम भट्टले नुवाकोट लिखु गाउँपालिका–५ घर भएकी होमकुमारी ओझालाई ६० लाख रुपैयाँ भन्दा बढी ठगी गरेकोे खुलेको छ ।

धर्मप्रति लगावका कारण १०८ ठाउँमा महायज्ञ लगाउने चाहना बोकेर हिँड्नु भएकी ओझाको त्यही क्रममा उत्तम भट्टसँग चिनजान हुन पुग्यो । ओझाले सार्वजनिक र निजी स्थानमा भागवत् लगाउँदै आएको ‘विश्व भागवत् धाम नेपाल’ नामक संस्थामा आबद्ध हुन पुग्नु भयो।

धादिङको परेवाटारमा धाम बनाउने उद्देश्यका साथ शुरू भएको महायज्ञमा लगानी गर्दै ओझाले घरखेतसमेत बन्दकी राखेर लगानी गर्नुभयो । तर धाम बनाउन कुनै ध्यान नै नदिएपछि निर्माण गर्नका लागि दबाब दिँदा आफूलाई निकालिएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘धाम बनाउने नाममा कमाइखाने भाँडो बनाइयो, पवित्र उद्देश्य राखी घरखेत नै बन्दकी राखेर पैसा लगानी गरें, तर धर्मको नाममा ठगीको व्यापार भएको थाहा पाएपछि मैले पैसा फिर्ता मागेकी हुँ ।’

२०७० सालमा गुरु भट्टराईले व्यक्तिगत प्रयोजनका लागि भन्दै १२ लाख रुपैयाँ ऋण लिएका थिए । पटक–पटक पैसा माग्दा नदिएपछि २०७४ पुस ३० गते असार मसान्तभित्र पैसा दिने तमसुक गरेका थिए । तर उक्त पैसा अझैसम्म नपाएको पीडित ओझाले बताउनुभयो ।

पैसा माग्दा उल्टै ज्यान मार्ने धम्की आएको आरोप लगाउँदै ओझाले न्यायका लागि प्रहरीमा उजुरी दिएको बताउनुभयो । आफूले कुनै गल्ती नगरेको दाबी गर्दै उहाँले गल्ती ठहरिएको अवस्थामा आफू जेल जानसमेत तयार रहेको बताउनुभयो।
नेपाल समाचारपत्रबाट

Logo