काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
काभ्रेको बनेपामा भएको पतञ्जली जग्गा प्रकरणमा संलग्न भएको र मिलिमतो गरेको भन्दै अख्तियारले यसअघि नै नेपालसँग बयान लिइसकेको छ । तर, आयोगका पदाधिकारीहरुबीच पूर्वप्रधानमन्त्री नेपाललाई मुद्दा चलाउने वा नचलाउने भन्ने सम्बन्धमा मत बाँझिएपछि यो प्रक्रिया नै अवरुद्ध बनेको बताइएको थियो ।
अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको छ ।





























प्रतिक्रिया