काँग्रेस नेता बास्तोलाको निधन

काँग्रेस नेता बास्तोलाको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

लामो समय देखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको  ७४ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा गए राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उहाँका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिनुभयो ।

वि.सं. २०६९ पुस १४ गतेदेखि उहाँ मष्तिस्काघातबाट पीडित हुनुहुन्थ्यो । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत हुनुहुन्थ्यो ।
रासस

Logo